बेलायतमा लकडाउन थप एक साता बढाइयो

0

 मिलेर काम गर्न विपक्षीलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डौं – बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाइएको सामाजिक दूरी कायम गर्ने नियमको समयावधि एक साता बढाइएको छ ।

मुलुकमा कोरोना संक्रमणको अवस्थामा कमी आएको भए पनि एक साता मानिसहरुलाई अत्यावश्यकबाहेक बाहिर ननिस्किन आग्रह गरिएको बेलायती इपिडिमियोलोजिस्टले जनाएका छन् ।

प्रोफेसर निल फेरगुसनले सरकारलाई सुझाव दिइरहेका चिकित्सा विज्ञले ८५ प्रतिशत मानिसहरुको आवतजावतमा कमी आएको छ । उनले भने, “कोरोना संक्रमण नियन्त्रणका लागि यो नै सबभन्दा महत्त्वपूर्ण उपाय हो ।”

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सामाजिक दूरी कायम गर्ने प्रावधान निरन्तर रहने बताएका छन् । उनले विपक्षी दलका नेताहरुलाई पत्र लेख्दै राष्ट्रिय आपतकालका समयमा सँगै मिलेर काम गर्न आग्रह गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, “कोरोना भाइरसको प्रकोप यस दशककै सबभन्दा ठूलो चुनौती बनेको छ । जुन महिनौंसम्म रहन सक्छ र यसविरुद्धको लडाइँ एक साताले पुग्दैन । आउनुस् यस राष्ट्रिय आपतकालमा सँगै मिलेर काम गरौं ।”

Leave A Reply

Your email address will not be published.