लकडाउन लम्बिने, मन्त्रिपरिषदमार्फत राहत प्याकेज घोषणा हुँदै

0

काठमाण्डौं – सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ। चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि मंगलबार बिहान ६ बजे सकिने भएपछि कोभिड – १९ को संक्रमणबाट बच्न सरकारले लकडाउननको अवधि थप्ने भएको हो।

लक डाउनको अवधि थप्न गर्नेलगायका विषयमा निर्णय गर्न आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वयन समितिको बैठक राखिएको छ।

स्रोतका अनुसार समितिले एक हप्ताका लागि लकडाउनको अवधि थप्ने निर्णय गर्नेछ। यसअघि शुक्रबार बसेको बैठकले मन्त्रीहरुलाई लक डाउनको अवधि बढाउने विषयमा तयारी गर्न निर्देशन दिएको थियो।

यस्तै आज मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको छ। एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दैनिक ज्यालादारीबाट जिविको पार्जन गर्ने मजदुर, उद्योगी व्यवसायीका लागि प्याकेजको घोषणा गर्नेछ।

सत्तारुढ नेकपाका शीर्ष नेताहरु एवं विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत दैनिक मजदुरी गर्नेका लागि सरकारले सहयोग घोेषणा गर्न दबाब दिएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले भने बैठक बस्ने निश्चित भए पनि लिइने निर्णयबारे तयारी भइरहेको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.