अन्तर्राष्ट्रिय उडानमा ३ वैशाखसम्म बन्द, थप एक हप्ता लकडाउन

0

काठमाण्डौं – सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म थपेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

कोरोनाभाइरस (कोभिड–१९) विदेशबाट आएका ब्यक्तिहरुमा नै संक्रमण देखिएकोले आइतबार ४ः०० बजे बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

थप एक हप्ता लम्बिने भयो लकडाउन

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार दिउँसो बसेको बैठकले थप एक हप्ताका लागि लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले थप सात दिनका लागि लकडाउन थप्‍न मन्त्रिपरषद्‍मा सिफारिस गरेको हो ।

आजै बस्‍ने मन्त्रिपरिषद् बैठकले यसबारेमा थप निर्णय लिनेछ ।

Leave A Reply

Your email address will not be published.