न्युन आय भएकालाई राहात प्याकेज घोषणा गर्न कांग्रेस सभापति देउवाको माग

0

काठमाण्डौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् । आज प्रेस विज्ञप्तिमार्फत् उनले न्युन आय भएका कर्मचारी, श्रमिक, बेरोजगार युवालगायतका तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका हुन् ।

दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु, देउवाले प्रेस विज्ञप्तिमार्फत् भने, न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गर्दछु ।

देउवाले लकडाउन सबैलाई पालना गर्न आग्रह गर्दै दिनभर काम गरेर साँझ खाने वर्गलाई नै लकडाउनले सबैभन्दा बढी असर पुर्याएको बताए ।

२० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लकडाउनको असर र व्यवसाय तंग्रिने अनुमानित अवधि समेत ख्याल गर्दै कम्तिमा तीन महिनाको ब्याज पुरै मिनाहा गर्न समेत माग गरेका छन् । अन्य व्यापारीलाई तीन महिनाका लागि किस्ता बुझाउने अवधि सार्ने प्रबन्ध मिलाउन समेत आग्रह गरे । देउवाले पत्रकारहरुलाई राहत योजना निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

Leave A Reply

Your email address will not be published.