नेपालमा चौथो व्यक्तिमा देखियो कोरोना संक्रमण

0

काठमाण्डौं – नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ बर्षे पुरूषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका छन् । स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उनी उपत्यकाबाहिरबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएका पहिलो व्यक्ति भएको पनि उल्लेख गरेको छ । यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ ।

तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन् ।

Leave A Reply

Your email address will not be published.