बेलायती प्रधानमन्त्री जोन्सनलाई कोरोना संक्रमण भएको पुष्टि

0

काठमाण्डौं – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् ।

प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन् ।

‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछु,’ जोन्सनले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.