कोरोना भाइरस: १९० देश प्रभावित, १४ हजार ६ सय ५४ को मृत्यु

0

९८ हजार बढी उपचारपछि फर्किए

काठमाण्डौं – महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण विश्वका १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १४ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ ।

३ लाख ३७ हजार पाँच सय ५३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९८ हजार आठ सय ८४ जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा छ ।

हाल ५९ हजार १ सय ३८ जना सङक्रमित रहेको इटालीमा ७ हजार २४ जना उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण १ हजार ६ सय ८५ व्यक्तिको मृत्यु भइसकेको छ भने २१ हजार ६ सय ३८ जना संक्रमित छन् ।

स्पेनमा थप ३ सय ७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २८ हजार ७ सय ६८ पुगेको छ । जर्मनीमा ९४ जनाको मृत्यु भएको छ भने २४ हजार ८ सय ७३ जना संक्रमित छन् ।

अमेरिकामा ४ सय १९ जनाको मृत्यु भएको छ भने ३३ हजार ५ सय ४६ संक्रमित छन् । फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ । १६ हजार १८ संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १११ जनाको मृत्यु भएको छ भने ८ हजार ९ सय ६१ जना संक्रमित छन् । 

Leave A Reply

Your email address will not be published.