मोदीलाई अस्पतालबाटै ओलीको जवाफ

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सार्क राष्ट्र मिलेर कोरोना भाइरसविरुद्ध रणनीति बनाउन गरिएको प्रस्तावको स्वागत गरेका छन् । उनले आज आफ्नो सरकार त्यसका लागि तयार रहेको जवाफ दिएका छन् ।

मृगौला प्रत्यारोपणपछि अस्पतालमा रहेका ओलीले ट्वीटमार्फत् भनेका छन्- म प्रधानमन्त्री मोदीजीको विचारको स्वागत गर्दछु ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका थिए । उनले यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव गरेका छन् ।

Leave A Reply

Your email address will not be published.