प्रधानमन्त्री ओली आज डिस्चार्ज हुँदै

0

काठमाण्डौं – दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको दशौं दिन पूर्ण स्वास्थ लाभ भएपछि डिस्चार्ज गर्न लागिएको जानकारी दिए । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली गत फागुन २९ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भए पनि प्रधानमन्त्री ओलीले कम्तीमा ६ महिनासम्म स्वास्थमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाइ छ । यसकालागि प्रधानमन्त्री निवास बालुवाटारमा विशेष व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थलाई ध्यानमा राख्दै पार्टीका महत्त्वपूर्ण पार्टीका बैठक, मन्त्रीपरिषद बैठक समेत बालुवाटारमै बस्ने गरी व्यवस्था मिलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.