पर्यटनमन्त्री भट्टराई पत्नीको नाम तीन लाख घुस प्रकरणमा मुछियो

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको छ ।

नेपाल नर्सिङ काउन्सिलको परिक्षामा उतिर्ण गराइदिने भन्दै तीन लाखको बार्गेनिङ गर्दै गरेको च्याट बाहिरिएको हो । नर्सिङ काउन्सिलकै एक सदस्यले विद्यार्थीसँग घुस मागेको च्याटको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भै रहेको छ ।

नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परिक्षामा उतिर्ण गराउन भन्दै घुस मागेको देखिन्छ । च्याटमा बरालले नै योगेश पत्नी घिमिरेसँग सम्बन्ध राम्रो भएको उल्लेख गरेकी छिन् ।

च्याटमा बरालले तिन लाख घटीमा काम गर्न नसक्ने बताउँदै तीन लाख मध्ये १ लाख ५० हजार योगेश पत्नी घिमिरेले खाने र बाँकी अरूले पनि बाँडेर खानुपर्ने बताएकी छिन् ।

यो घुस प्रकरण भने गत भदौमा भएको देखिन्छ । घुस दिने ती विद्यार्थीले दुई पटकमा २ लाख ५० हजार रुपैयाँ दिएको देखिन्छ भने ५० हजार पछि दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । ७१३४६७८९९७ डि र ७१२३८७६७५६ डि आइएमइ कोड समेत सार्वजनिक च्याटमा हेर्न सकिन्छ ।

बराल नेपाली कांग्रेसको कोटाबाट चुनाव लडेर नर्सिङ काउन्सिलको सदस्य बनेकी व्यक्ति रहेको जनाइएको छ ।

मिडिया डबलीको साथमा
Leave A Reply

Your email address will not be published.