कोरोना भाइरस महामारी: युरोपका २६ देशसँग अमेरिकाको एक महिना यात्रा प्रतिबन्ध

0

काठमाण्डौं – अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन युरोपका २६ देशसँग यात्रा रोक लगाएको छ । शुक्रबार मध्यरातिबाट लागू हुने गरी यात्रा बन्देज गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशसँग उडान रद्द गरेको घोषणा गरेका हुन् । ३० दिनका लागि यात्रा बन्द गरिएको उल्लेख छ ।

बेलायतसँगको यात्रा भने निरन्तर रहने जनाइएको छ । अमेरिकाले यसअघि नै चीनसँगको उडान बन्द गरिसकेको छ । चीन भएर आउने विदेशीलाई समेत रोक लगाएको छ ।

विश्वभर यात्रा रोक लगाउन क्रम चलेको छ । भारतले पनि मध्यरातिबाट लागू हुनेगरी यात्रा रोक लगाएको छ । उसले सीमा बन्दको घोषणा समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.