कोरोना भाइरसबाट मर्नेको संख्या चार हजार कट्यो

0

काठमाण्डौं – विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या चार हजार नाघेको छ । मंगलबार विहानको तथ्यांक अनुसार चार हजारको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना भाइरसबाट एक लाख १३ हजार मानिस संक्रमित भइसकेका छन् । ती मध्ये कतिपय संक्रमणमुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमण चीनमा भएको छ ।

चीन र दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आउने क्रम देखिएको छ । सोमबार चीन र कोरियामा कोरोना भाइरसका संक्रमितको नयाँ संख्या विगत दिनका तुलनामा कम देखिएको छ । कोरियामा साँढे सात हजार संक्रमित भइसकेका छन् ।

इरान र इटालीमा भाइरसको संक्रमण बढेको छ । अमेरिकामा पनि भाइरस फैलिएको छ । इटालीले मानिसहरुलाई घरबाहिर ननिस्कन भनेको छ । इटाली देशनै बन्द गरिएको छ ।

बोइङ विमानका कामदारलाई कोरोना भाइरस सरेको छ । अमेरिकास्थित बोइङ कम्पनिका कामदारलाई भाइरस सरेको हो ।

Leave A Reply

Your email address will not be published.