प्रधानमन्त्री ओली केहि दिन अझै अस्पतालमै रहने

0

काठमाण्डौं – दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीदिन अझै अस्पतालमै रहने भएका छन् ।

बुधबारसम्म प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिएको खबर सार्वजनिक भएका थिए । तर प्रधानमन्त्रीको स्वास्थमा संक्रमणको जोखिमलाई ध्यान दिंदै डिस्चार्जको समय केहीदिन पर सार्ने तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

बालुवाटार गएपछि संक्रमणको जोखिम बढ्ने भन्दै सकेसम्म ओलीको अस्पताल बसाइ लम्ब्याउने तयारीमा लागेका हुन ।

Leave A Reply

Your email address will not be published.