प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको आज छैठो दिनसम्म आईपुग्दा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको स्पष्ट पारेको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज छैठो दिन, उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । उहाँको नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिईएको छ ।’ त्यस्तै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.