सचिवालयको निर्णय कार्यान्वयन नगरे फागुन २१ मा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव

0

काठमाण्डौं – केही दिन यता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादको समाधान अहिलेसम्म हुन सकेको छैन् । यो अझै पेचिलो बन्न पुगेको छ ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने सचिवालयको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानले ओलीको पद नै धरापमा पारिदिएको छ ।

आगामी फागुन २० सम्म मन्त्रीपरिषदले सरकारले सिफारिस गर्ने एकजनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरिसक्नुपर्ने छ । यस्तोमा आगामी सोमबारको मन्त्रीपरिषदको बैठकले उपाध्यक्ष गौतम वा अर्थमन्त्री युवराज खतिवडा मध्य एक नाम सिफारिस गर्ने छ ।

प्रधानमन्त्री ओली अर्थमन्त्री खतिवडाको पक्षमा छन् भने बाँकी सचिवालय सदस्य उपाध्यक्ष गौतमको पक्षमा छन् । पार्टी सचिवालयको निर्णय कार्यान्वयन नगरे पार्टीभित्र र बाहिर आगामी फागुन २१ गते प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी ओली इतर समूहको रहेको बताइन्छ ।

प्रधानमन्त्री ओली भने राष्ट्रियसभामा को सिफारिस गर्ने वा नगर्ने कुरा सचिवालयले नभै सरकारले तय गर्ने भएको भन्दै सचिवालयको निर्णय बाध्यकारी नभएको भन्दै खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा नाम सिफारिस गर्ने तयारीमा छन् ।

अर्कोतिर ओली इतर समूह भने २० फागुनसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने र यदि प्रधानमन्त्रीले सचिवालयको निर्णय अस्वीकार गरे प्रधानमन्त्री विरुद्ध संसदीय दल र संसदमा एकसाथ अविश्वासको प्रस्ताव अगाडि बढाउने गृहकार्यमा लागेको खबर सार्वजनिक भएको छ ।

Leave A Reply

Your email address will not be published.