नेकपा भित्रको विवाद: माधव नेपालको सक्रियता

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले संकटमा परेको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने पार्टी सचिवालयको निर्णय सचिवालयले गरेपनि त्यसलाई मान्न बाध्य नरहेको अभिव्यक्ति दिएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालयको निर्णय कार्यान्वयन गर्नैपर्ने ओली इतर समूहको शक्ति संघर्षको चपेटामा पार्टी र सरकार फसेको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले सक्रियता बढाएका छन् । उनले यस बिचमा पटकपटक प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई विवाद समाधानको मध्यमार्गी बाटो अवलम्बन सुझाव दिइरहेका छन् ।

नेपालको सक्रियतालाई प्रधानमन्त्री ओली पक्षधरले भने यसलाई नेता नेपालको भावी प्रधानमन्त्री बन्ने कसरतको रूपमा लिएका छन् । ओली इतर समूहबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार समेत रहेका नेता नेपाल मध्यमार्गी बाटो अवलम्बन गर्दै सर्वसम्मत प्रधानमन्त्री बन्ने गृहकार्यमा लागेको ओली निकट स्रोतको दावी गरेको छ ।

उपाध्यक्ष गौतमलाई कुनै मुल्यमा राष्ट्रियसभामा मनोनीत नगर्ने निति लिएका प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट सिफारिस गर्ने कोटामा यसपटक ओलीको रोजाइका अर्थमन्त्री युवराज खतिवडा र पार्टी सचिवालयको निर्णयमा उपाध्यक्ष गौतमलाई अगाडि बढाउन सिफारिस गरेपनि कसैलाई सिफारिस नगर्ने निति अख्तियार गरेको छन ।

Leave A Reply

Your email address will not be published.