बालुवाटार पुगेका नेपालको सन्देश: गौतमलाई मनोनीत गर्न वा पद छाड्न दवाव

0

काठमाण्डौं – शुक्रबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलको सन्देश दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न वा प्रधानमन्त्री पद छाड्न प्रधानमन्त्री ओलीलाई दवाव दिएका छन् ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने विषयलाई लिएर सत्तारूढ नेकपामा यतिबेला चर्को विवाद छ । यहि विवादका बिच खुमलटार बैठकको सन्देश लिएर नेता नेपाल बालुवाटार पुगेका थिए । शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालका अलावा झलनाथ खनाल र उपाध्यक्ष गौतमको उपस्थिति रहेकोे थियो ।

उक्त छलफलमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने नगरे अप्रिय अवस्था आउने चेतावनीसमेत प्रधानमन्त्रीलाई दिएको बुझिएको छ ।

भेटमा नेता नेपालले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन गर्न र अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई थप ६ महिना अर्थमन्त्रीमा निरन्तरता दिन सुझाव दिएको र उक्त सुझाव नमाने प्रधानमन्त्रीको पद छोड्न तयार रहन समेत चेतावनी दिएको स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.