पूर्व सञ्चारमन्त्री बाँस्कोटाद्वारा मिश्र विरुद्ध मुद्दा दायर

0

काठमाण्डौं – पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीका लोकल एजेन्ट विजयप्रकाश मिश्र विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

आफू विरुद्ध झुटा लाञ्छना लगाइएको भन्दै मिश्र विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका हुन । आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको कुरा उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन ।सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखका छन्,‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

निवर्तमान सञ्चारमन्त्री बास्काटाले सेक्युरिटी मुद्रण खरिद गर्ने विषयमा ७० करोड करोड कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । जसका कारण मन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

Leave A Reply

Your email address will not be published.