धनुषामा एक महिलामाथि सामुहिक बलात्कार, २ जना घटनास्थल बाटै समातिए

0

काठमाण्डौं – प्रदेश २ को मुख्यालय समेत रहेको धनुषाको जनकपुरधाममा एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित विश्वकर्मा चोकमा सोमबार बिहान स्थानीय ३५ बर्षीया महिलामाथि सामुहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

बलात्कारमा संलग्न रहेको आरोपमा एक भारतीय सहित दुईजनालाई घटनास्थल बाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महोत्तरी औरही नगरपालिका ७ का बर्ष २५ का नरेश महतो र बिहार मधुवनिका ४९ बर्षीय राघवेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.