पूर्व सभामुख महरा निर्दोष ठहर

0

काठमाण्डौं – पूर्व सभामुख कृष्ण बहादुर महराले काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो ।

महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका थिए। अदालतका अनुसार अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ ।संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो । निर्दोष ठहरिएसँगै महरा १३४ दिनपछि घर फर्किनेछन् ।

Leave A Reply

Your email address will not be published.