‘पिर्के’ पछि अब ‘टेबल’ सलामीको पालो !

0

काठमाण्डौं – प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख देखि संघीय सांसद सम्मले पिर्के सलामी लिने गरेको कुरा अब पुरानो भै सक्यो । अब सलामी लिनको लागि टेबलको प्रयोग हुन थालेको छ ।

शनिबार बाग्लुङको जैमिनी नगरपालिकाको प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा टेबल सलामीको प्रयोग गरिएको हो । शनिबार बिहान उद्घाटन भएको उक्त प्रतियोगिताको प्रमुख अतिथि थिए नगरप्रमुख मेयर इन्द्रराज पौडेल, उनै पौडेलले टेबलमा चढेर सलामी लिएका हुन ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले प्रमुख अतिथिलाई सलामी दिने भनेपछि मेयर पौडेलले प्रमुख अतिथिको आसन अगाडि रहेको टेबलमा चढेर नै सलामी ग्रहण गरेका हुन । उनको ‘टेबल’ सलामीको अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

फोटो सामाजिक सञ्जाल बाट

Leave A Reply

Your email address will not be published.