मालीमा हतियारधारी समूहको हमलामा ४० मारिए

0

मालीको मोप्ती क्षेत्रस्थित आदिवासी बासिन्दाको बाहुल्य रहेको एक गाउँमा हतियारधारी समूहको आक्रमणमा ४० जनाको मृत्यु भएको जनाएको छ । यसमा ९ जना सुरक्षाकर्मी पनि संलग्न रहेका छन् ।

ओगोसगु गाउँमा शुक्रबार बिहान हतियारधारी समूहले एक्कासी आक्रमण गरेको जनाएको छ । पछिल्लो वर्षहरुमा सबैभन्दा खतरनाक घटनाको रुपमा यसलाई लिएका छन् । हतियारधारी समूहले स्थानीयको घरमा आगो लगाएर लुटपाट मच्चाएको स्रोतले उल्लेख गरेका छन् ।

एजेन्सी

Leave A Reply

Your email address will not be published.