कोरोना भाइरस: ज्यान गुमाउनेको संख्या १३५७ पुग्यो

0

एकै दिन २४२ ले ज्यान गुमाए

काठमाण्डौं – विश्व स्वास्थ संगठनले कोभिड – १९ नाम दिएको नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३५७ पुगेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार हुवेइमा कोभिड – १९ का कारण बुधबार मात्रै २४२ जनाको मृत्यु भएको छ । एकै दिन कोभिड – १९ का कारण यति धेरै मृत्यु भएको यो पहिलोपटक हो ।

यसअघि हुवेइ प्रान्तमा कोभिड – १९ का कारण गएको सोमबार १०३ जनाको मृत्यु भएको थियो । कोभिड – १९ कै कारण गएको आइतबार पनि ९७ जनाको ज्यान गएको सार्वजनिक भएको थियो ।

अहिलेसम्म ज्यान गुमाउने मध्ये १३ सय ५५ जनाको चीनमै ज्यान गएको हो भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन । हुवेइ प्रान्तमा मात्रै १४ हजार भन्दा धेरैमा कोभिड – १९ को संक्रमण भएको पुष्टि भै सकेको छ ।

विश्व स्वास्थ संगठनका अनुसार कोभिड – १९ को संक्रमण फ़ैलिने दर कम हुँदै गएपनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउने सम्भावना भने कम हुँदै गएको जनाएको छ । कोभिड – १९ को महामारी नियन्त्रणमा नआएपछि एउटा टोलि अहिले चीनमा उपचार र रोकथामको काममा लागिरहेको छ ।

विश्व स्वास्थ संगठनका अनुसार चीन बाहिर ४४१ देशमा कोभिड – १९ को संक्रमण देखिएको पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.