जनयुद्ध दिवसमा ओली सधैं अनुपस्थित

0

काठमाण्डौं – सधैं झै यसपटक पनि तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको दिनको सम्झनामा आयोजित जनयुद्ध दिवसमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन ।

पार्टी केन्द्रीय कार्यलय धुम्बाराहिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीका बाहेक पुर्व एमाले समुहका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरूको भने उपस्थिति छ ।

जनयुद्धको कट्टर विरोधी रहेका प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै पनि जनयुद्ध दिवसमा सहभागी भएका छैनन । पार्टी एकता पछि पनि उनको त्यो शैलीले निरन्तरता पाइरहेको छ ।

यसअघि भने प्रधानमन्त्रीको सचिवालयले समेत प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी हुने जनाएको थियो । अहिले पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम सुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.