दिल्लीमा भाजपाको हार तय, दुई बर्षमा एनडीए आठ राज्यमा पराजित

0

एजेन्सी – २०१९ को अन्त्यमा झारखण्ड र अब २०२० को पहिलो विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र ऊ नेतृत्वको एनडीए गठबन्धनले पराजयको सामना गर्नुपरेको छ । आम अनुमान विपरीत लोकसभा निर्वाचनमा सानदार प्रदर्शन गरिरहेको भाजपा नेतृत्वको एनडीएको हातबाट राज्य सरकारको कमान्ड भने निरन्तर ओरालो लाग्दै गइरहेको छ ।

यसपटकको दिल्ली विधानसभाको चुनावमार्फत २२ बर्षपछि सत्तामा फर्कीने निकै तयारी पश्चात् पनि उपलब्धि भने करिब शुन्यमै रहने सम्भावना छ । भलै अघिल्लो पटकको ३ सिट भन्दा यसपटक भाजपाले केही बढी सिट जित्ने सम्भावना भने कायमै छ ।

केन्द्रमा भाजपाको पुर्ण बहुमतको सरकार भएपनि दिल्ली समेत १२ राज्यमा भाजपा विरोधीको हातमा सत्ता छ भने एनडीएको हातमा १६ राज्यको नेतृत्व अहिलेपनि गरिरहेको छ । विधानसभा चुनावमा हारको कुरा गर्दा पछिल्लो दुई बर्षमा भाजपा नेतृत्वको एनडिएले सात राज्यमा चुनाव हारेको छ भने दिल्ली आठौं हार हो एनडीएका लागि ।

महाराष्ट्रमा करिब एक महिनाको राजनैतिक नाटक पछि भाजपाले आफ्नो सरकार गुमाउन बाध्य बन्यो । हरियाणाको सरकार बचाउन सफल बनेको गठबन्धनले झारखण्डमा भने हार झेल्नु पर्‍यो । दुई बर्ष अगाडि २०१७ को कुरा गर्ने हो भने भाजपा नेतृत्वको गठबन्धन सँग १९ राज्यको सरकार थियो । तर अहिले मध्य प्रदेश, राजस्थान हुँदै छत्तीसगढमा समेत सत्ता गुमायो भने आंन्ध्र प्रदेशमा वाईएसअर कांग्रेस सरकार गठन गर्न सफल भयो ।

अहिले जारी दिल्ली विधानसभाको निर्वाचनको मतगणनाको क्रम जारी छ । अहिलेसम्मको घोषित मतपरिणाम अनुसार अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले ७ स्थानमा जित निकाल्दा ५६ स्थानमा अग्रता बनाएको छ भने ४८ सिट जित्ने दाबी गरीरहेको बिजेपी भने ७ सिटमा अग्रता हासिल गरेको छ । भने कांग्रेस सहित अन्य दल भने शुन्यमै छन ।

Leave A Reply

Your email address will not be published.