प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

0

काठमाण्डौं – नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन । मन्त्रीपरिषदको आज (मंगलबार) बसेको बैठकले डिआईजी ज्ञवालीलाई आइजीपी बनाउने निर्णय गरेको हो ।

आईजीपी सर्वेन्द्र खनाल सहित ३ एआईजी र १९ डिआईजीले आजबाट ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छ्न । ३० बर्षे सेवाहदकै कारण उनको कार्यकाल ५ महिनाको मात्रै हुनेछ । ज्ञवाली २०४७ असार २५ बाट प्रहरी सेवामा प्रवेश गरेका हुन ।

डीआईजीबाटै आईजीपी नियुक्त गर्दा डीआईजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन \ परिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिन्छ

Leave A Reply

Your email address will not be published.