कोरोनाभाइरस महामारी:वुहानमा मात्रै १४ हजार लाश जलाएको आशंका

0

काठमाण्डौं – चीनबाट फैलिएको कोरोना भाइरस बाट अहिलेसम्म करिब ४४ हजार संक्रमित भएको र १ हजार भन्दा धेरैको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । कुल संक्रमितमध्ये ४० हजार भन्दा धेरै संक्रमित चीनमै रहेको तथ्यांकमा उल्लेख छ ।

चीनमा मात्रै कोरोना भाइरसका कारण अहिलेसम्म करिब ९१० जनाको मृत्यु भएको बताइएको छ । तर पछिल्लो समय चीनमा ठूलो संख्यामा संक्रमितको मृत्यु भएको र यो तथ्यांक लुकाउन चीनले ठूलो संख्यामा लाश जलाएको आशंका गरिएको ताइवान न्युजको एक समाचारमा उल्लेख गरिएको छ ।

चीनको वुहान शहरको आकाशमा ठूलो परिमाणमा सल्फर डाइअक्साईड ग्यास देखिएको भन्दै ताइवान न्युजले समाचारमा उल्लेख गरेको छ । लाश जलाउँदा यो ग्यास निस्कने गर्छ । ग्यासको ठूलो मात्राका कारण त्यहाँ ठूलो संख्यामा लाश जलाइएको आंशका गरिएको हो ।

चीनमा सल्फर डाइअक्साईड ग्यासको मात्रा यति धेरै देखिनु यसकारण पनि अनौठो मानिएको छ कि चीनमा लाश जलाउने परम्परा नै छैन । यहाँ मृत्युपछि लाश गाड्ने परम्परा रहेकोले गर्दा पनि उक्त आशंका गरिएको छ । वुहानका केही स्याटेलाइट तस्वीर सार्वजनिक समेत भएका छन जसमा वुहानको आकाशमा आगोका गोलाजस्तो केही पदार्थ देखिएको छ । यो गोला सल्फर डाइअक्साईड ग्यास उत्सर्जनका कारण देखिएको विज्ञहरूको दाबी छ ।

वैज्ञानिकहरूका अनुसार यति ठूलो परिणाममा सल्फर डाइअक्साईड ग्यास त्यतिबेला मात्र उत्सर्जन हुन्छ जब ठूलो मात्रामा लाश वा मेडिकलजन्य फोहोर जलाइन्छ । चीनको सामाजिक संजालमा पनि वुहान शहरी इलाकाको बाहिर शवहरू जलाएको दाबी चर्चामा रहेको छ । वुहानको आकाशमा सल्फर डाइअक्साईडको मात्रा १७०० युजी प्रति घनमिटर रहेको बताइन्छ जो खतराको स्तर भन्दा २१ गुणा बढी हो । ८० युजी घनमिटर खतरनाक मानिन्छ ।

केही अन्तराष्ट्रिय मिडियाको दावी अनुसार वुहानमा आगामी केही दिनमा करिब ५ लाख नागरिक कोरोनाभाइरको संक्रमणमा पर्न सक्छन् । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले वुहानमा कोरोनाभाइरस फैलिने तरिकाको अध्ययन गरेको छ । यो अध्ययनका अनुसार यदि कोरोनाभाइरसको संक्रमणको गति यही रहेमा फेब्रुअरीको अन्त्यसम्म शहरको ५ प्रतिशत जनसंख्या अर्थात ५ लाखभन्दा धेरै नागरिक कोरोनाभाइरसबाट संक्रमित हुनेछन् ।

अन्तराष्ट्रिय एजेन्सीको सहयोगमा

Leave A Reply

Your email address will not be published.