एमसीसी विवाद: अध्ययन कार्यदलले सुझाव प्रतिवेदन तयार गर्न सकेन

0

म्याद थपका लागि पार्टीलाई आग्रह गर्ने

काठमाण्डौं – पछिल्ला दिनमा नेपालमा निकै चर्चा र विवादमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गर्न गठित सत्तारूढ दलको विशेष कार्यदलले निर्धारित समय भित्रै सुझाव प्रतिवेदन तयार पार्न असफल भएको छ ।

उक्त कार्यदललाई दिइएको १० दिनको समय भोलि (बुधबार) सकिदैंछ तर यस अवधिमा आवश्यक सुझाव तैयार पार्न नसकेपछि म्याद थपको लागि पार्टीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज (मंगलबार) बसेको कार्यदलको बैठकले म्याद थपका लागि पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

एमसीसी सम्झौताबारे मत विभाजित भइरहेका बेला सत्तारुढ नेकपाले यसबारे अध्ययन गरेर सुझाव प्रतिवेदन बुझाउन झलनाथ खनालको संयोजकत्वमा नेताहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

एमसीसीबारे सत्तापक्षकै नेताहरुको फरक मत आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाटै एमसीसी संसदबाट पास हुने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.