संसद अवरुद्ध नगर्ने कांग्रेस संसदीय दलको निर्णय

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध नगर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले मंगलबार १ बजेका बस्ने संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्ता पक्षका नेतालाई चोख्याउने तथा आफ्ना नेतालाई मुद्दा चलाएको विरोधमा कांग्रेसले गत बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारमाथि मुद्दा लागेको छ । त्यसको विरोधमा कांग्रेसले बुधबार, शुक्रबार र आइतबार संसद बैठक अवरुद्ध गरेको थियो । संसदमा गच्छदारलाई मुद्दा चलाएको विरोध गरेको कांग्रेसले बाहिर सडकमा अख्तियार पूर्वाग्रही बनेको भन्दै आन्दोलन गर्दै आएको छ ।

संसदको अवरोध हटाएर राजनैतिक तथा कानुनी प्रतिरक्षाको बाटोमा कांग्रेस अघि बढ्ने कांग्रेस संसदीय दलको ठहर छ । लोकतन्त्रमाथि विश्वास गर्ने पार्टीले लगातार संसद अवरुद्ध गर्नु शोभनीय नभएको भन्दै कांग्रेसले संसदको अवरोध हटाउने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.