गच्छदार प्रति राजनीतिक प्रतिशोध साँधेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा आफ्ना उपसभापति विजयकुमार गच्छदार माथि राजनीतिक प्रतिशोध साँधेको भन्दै आज (शुक्रबार) को संसद बैठक अवरुद्ध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर पूर्वाग्रही भएर दोषीलाई उन्मुक्ति र निर्दोषलाई फसाउन खोजेको कांग्रेसको आरोप छ । आजको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद मिन विश्वकर्माले अख्तियार दुरुपयोग गर्नुपर्ने अरु निकायको अध्ययन गर्नुपर्ने आफ्नो अख्तियारको दुरुपयोग गरेको ठहर कांग्रेसले उल्लेख गरे ।
कांग्रेसका सबै सांसद उभिएपछि सभामुख सापकोटाले यो विषय अदालतमा रहेको र संसदको क्षेत्राधिकारमा नपर्ने बताएका थिए । तर कांग्रेस सांसदहरु १० मिनेटदेखि उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले बैठक आधा घन्टाका लागि स्थगित गरे ।