काठमाण्डौं – प्रहरीले तपस्वी रामबहादुर बमजनको सिन्धुली जिल्लाको आश्रममा छापामारेको छ । तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको हो । बमजन आश्रममा फेला नपरेको प्रहरी स्रोतले जनाएको छ ।
बमजनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । उनी भेटिएका छैनन् । बमजन रहेको आशंका गरिएका सम्भावित तीन वटा आश्रममा प्रहरी पुगेको छ । बमजनमाथि हत्या, बलात्कार र आनीहरूलाई बेपत्ता पारेको आरोप छ । सिन्धुली जिल्ला अदालतबाट बिहीबार बमजन पक्राउको अनुमति प्रहरीले पाएको थियो ।