कोरोना भाइरस नियन्त्रण जटिल बन्दै, ३० हजार संक्रमित ५ सय ६५ को मृत्यु

0

काठमाण्डौं – चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ ।

हालसम्म करिब ३० हजार कोरोना भाइरस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या ५६३ पुगेको चीनिया समाचार संस्था चाइना डेलीले जनाएको छ ।

मृतक मध्ये ५६१ जनाको चीनमा, एक जनाको फिलिपिन्स र एक जनाको हङकङमा ज्यान गएको छ । त्यस्तै चीनबाहिर करिब ४० देशमा कोरोना भाइरसको संक्रमणको देखिएको पुष्टि भएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण देखिएसँगै अमेरिका, ब्रीटेन, अष्ट्रेलिया, भारत सहित ३२ देशले आफ्ना देशका नागरिकको चीनबाट उद्दार गरिसकेको जनाइएको छ ।

यसैगरी कोरोना भाइरस अतिप्रभावित चीनिया क्षेत्रमा रहेका र नेपाल फर्किन चाहेका ८० नेपालीलाई नेपाल फर्काउने बताउने पनि अहिलेसम्म पनि कहिले फिर्ता गर्ने हो भन्ने अन्यौलता कायम नै छ ।

संक्रमणको आशंका गरिएका नेपालीलाई राख्ने उपयुक्त ठाउँको प्रवन्ध गर्न नसक्दा उनीहरुको उद्दारमा कठिनाइ उत्पन्न भएको बताइन्छ ।

कोरोना भाइरसको संक्रमण भयावह रूपमा बढ्न सक्ने भन्दै विश्वस्वास्थ संगठनले विश्वव्यापी आपतकाल को घोषणा गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.