अख्तियारले मुद्दा दर्ता गरेसँगै कांग्रेस उपसभापति गच्छदार सांसद पदबाट स्वत: निलम्बित

0

काठमाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति विजयकुमार गच्छदार सांसद पदबाट स्वत: निलम्बित भएका छन ।

विशेष अदालतले मुद्दाको अन्तिम किनार नलगाएसम्म उनी सांसदको हैसियतले संसदमा सहभागी हुन पाउने छैनन । यो सँगै विशेष अदालतमा भ्रष्टाचार गरेको प्रमाणित भएको अवस्थामा भने उनको राजनैतिक करियर समाप्त हुने छ ।

भ्रष्टाचार निवारण ऐन अन्तरगत सांसद गच्छदार पदबाट स्वत: निलम्बनमा परेका छन । राजनीतिक दल सम्बन्धि कानुनले समेत भ्रष्टाचारजन्य नैतिक पतन देखिने फौजदारी अदालत बाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन नपाउने हुँदा गच्छदार विरुद्धको अभियोग प्रमाणीत भएमा उनी कांग्रेसको उपसभापति तथा केन्द्रीय सदस्य समेत बन्न पाउने छैनन् ।

Leave A Reply

Your email address will not be published.