ललिता निवास जग्गा प्रकरणमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

0

काठमाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको भनिएका आरोपितहरू माथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आफ्नै पूर्व आयुक्त दिप बस्नेत सहित त्यसबेलाका उपप्रधान तथ भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशीबिरुद्ध मुद्दा दायर गरेको जानकारी बाहिरिएको छ । अख्तियारले यस प्रकरणमा १७५ जनाबिरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

बालुवाटारको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी सरकारी जग्गा ब्यक्तिको नाममा सारी भ्रष्टाचार गरेको देखिएपछि सरकारले छानबिन शुरु गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटार जग्गा ब्यक्तिका नाममा सर्ने प्रकरणको अनुसन्धान गरी गत शुक्रबार मात्रै गृह मन्त्रालय र अख्तियारलाई प्रतिवेदन बुझाएको थियो ।

सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Leave A Reply

Your email address will not be published.