प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

0

काठमाण्डौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकहरु पेश गर्ने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक (पहिलो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले परमाणवीक विधेयक सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची संसद रहेको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पनि केही विधेयकहरु आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Leave A Reply

Your email address will not be published.