एमसीसी विवाद हल गर्न अमेरिकी उपसहायक विदेश मन्त्री नेपालमा !

0

काठमाण्डौं – पछिल्ला दिनमा सत्तारूढ दल सहित नागरिक स्तरमै निकै विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिषयलाई स्पष्ट पार्नको लागि अमेरिकी उप सहायक विदेशमन्त्री जोनाथन हेनिक नेपाल आइपुगेका छन ।

एमसीसीलाई लिएर थप स्पष्ट पार्नुपर्ने भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उच्चस्तरीय कार्यदल निर्माण गरेको तेस्रो दिनमा सहायक विदेशमन्त्री नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले नेपाल बसाइका क्रममा को को सँग भेटवार्ता गर्ने भन्ने नखुलाइएको भएपनि सत्तारूढ दलका प्रभावशाली नेताहरूलाई भेट्ने कार्यसूची रहेको जनाइएको छ ।

नेपालमा पछिल्लो दिनमा चर्केको एमसीसी विवादलाई न्यूनीकरण गर्दै त्यसको कार्यान्वयन लागि वातावरण बनाउने जिम्मेवारी सहित उनी नेपाल आइपुगेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.