यौन हिंसाको आरोप लागेका राणा ५ दिन थुनामै रहने

0

काठमाण्डौं – तल्लो तहकि एक विवाहित महिला कर्मचारी माथी यौन हिंसा गरेको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा राणा ५ दिन थुनामै रहने भएका छन ।

अनुसन्धानको लागि थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । इटहरी स्थित एक होटलमा आफूमाथि यौन हिंसा गरेको भनि ति महिला प्रहरी कर्मचारीले किटानी जाहेरी दिएपछि गृहमन्त्रालयले निलम्बन गर्दै अनुसन्धान गर्न आदेश दिएको थियो ।

गृहको उक्त आदेश सँगै एसएसपी राणाले प्रहरी सामु आत्मसमर्पण गरेका थिए । उनको धरान स्थित बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा स्वास्थ परिक्षण भैसकेको छ भने विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.