नेकपाको एमसीसी कार्यदलको पहिलो बैठक: दस्तावेज अनुसन्धान गर्ने

0

काठमाण्डौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्ला दिनमा निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेशन बारे अध्ययन गर्न गठित कार्यदलको पहिलो बैठक आज (सोमबार) काठमाडौमा सम्पन्न भएको छ ।

कार्यदलका संयोजक तथा सत्तारूढ दलका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा सदस्यहरू परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र पुर्व उपप्रधान तथा गृहमन्त्री भीम रावल पनि उपस्थिति रहेको थियो । एमसीसीबारे अध्ययन गरेर मात्रै यसलाई थप अध्ययन गर्ने निष्कर्ष निकालेपछि हिजो (आइतबार) खनालको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनाउने निर्णय गरेको हो ।

आज मध्याह्न सिंहदरवारमा बसेर कार्यदलले एमसीसी बारे दस्तावेजहरूको अध्ययन अनुसन्धानका लागि गृहकार्य गर्ने निर्णय गरेको छ । अब यहि कार्यसूचीका आधारमा एमसीसी सम्बन्धि डकुमेन्टहरू अध्ययन गर्दै अनुसन्धान गर्दै सुझाव पेश गर्ने तयारी गरेको छ ।

कार्यदलमा रहेका तीन सदस्यमध्ये परराष्ट्रमन्त्री ज्ञवाली एनसीसीको कट्टर समर्थन गर्दै आएका छन भने खनाल र रावलले भने एमसीसीका केही प्रावधानको विरोध गर्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.