घुस लिएको आरोप लागेका पुर्व सिडिओविरुद्ध अख्तियरले गर्‍यो मुद्दा दर्ता

0

काठमाण्डौं – जिल्ला प्रशासन कार्यलय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ अलग अलग अभियोग पत्र सहित बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका उपसचिव रिजालविरुद्ध अख्तियारले ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गरी ५ वटा अभियोग पत्र दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनबाट रिजालले प्रमुख जिल्ला अधिकारीको क्षेत्रधिकार भित्र रहेका मुद्दाको छिनोफानो गर्ने क्रममा अभियुक्तहरुसँग घुस लिने गरेको देखिएको छ ।

अख्तियारका अनुसार रिजालले एउटा मुद्दाका अभियुक्तसँग १ लाख ५० हजार रुपैयाँ नदिए ५ वर्षसम्म जेलमा थुनिदिन्छु भन्दै घुस उठाएको पनि देखिएको छ । रिजालले मागेको डेढ लाख रुपैयाँमध्ये उक्त प्रकरणका अभियुक्तले ५० लाख रुपैयाँ घुस बुझाइसकेका थिए ।

यस्तै, रिजालले एकजना अभियुक्तलाई महिलासम्बन्धी मुद्दा लगाएर थुनिदिन्छु भन्दै ४ लाख रुपैयाँ घुस लिएको पृष्टि भएको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले गरेको छानबिनका क्रममा रिजालले विभिन्न अभियुक्तसँग ४ लाख, ५० हजार, ९० हजार, ७७ हजार ६ सय र ३५ हजार रुपैयाँ गरी ६ लाख २१ हजार १ सय रुपैयाँ घुस लिएको देखिएको छ ।

अख्तियारले ५ वटै अभियोग पत्रमा गरी कूल ६ लाख २१ हजार १ सय रुपैयाँ बिगो कायम गर्दै ४ वर्ष २ महिना कैद सजाय मागदाबी गरेको छ ।

Leave A Reply

Your email address will not be published.