एमसीसीको बारेमा नपढीकन धारणा बनाउँदा जटिलता: गगन थापा

0

काठमाण्डौं – पछिल्ला दिनमा निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको बिषयमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले नपढीकन धारणा बनाउँदा जटिलता थपिएको बताएका छन ।

पशुपति बहुमुखी क्याम्पसको ४० औं वार्षिकोत्सबको अवसरमा नेता थापाले नेपाली समाजमा पठन संस्कृतिको अभाव रहेको भन्दै एमसीसी जस्तो विषयमा समाजमा अझ अन्यौल र अस्पष्टता बढेको समेत दाबी गरे ।

विश्वविद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गर्दै नेता थापाले बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुँदा शैक्षिक बेरोजगारी बढेको समेत उनको ठहर छ ।

Leave A Reply

Your email address will not be published.