चीनको सिचुवान केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प

0

कोरोना भाइरसको संक्रमणका कारण संकट बेहोरीरहेको चीन अर्को समस्यामा फसेको छ । सोमबार बिहान चीनको सिचुवान केन्दविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।

भूकम्पका कारण ठूलो भौतिक क्षति नभएको जनाइएको छ । मानवीय क्षतिको खबर अहिलेसम्म सार्वजनिक नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तर भूकम्पको धक्काले स्थानीय बासिन्दा त्रसित भएको र उनिहरू घर छाडेर सुरक्षीत स्थान तिर निस्किएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.