थाइल्यान्डमा गरियो एचआइभी र फ्लूको औषधि दिएर कोरोना संक्रमितको सफल उपचार

0

थाइल्यान्डमा कोरोना भाइरसको बिरामी निको पार्ने औषधि पत्ता लागेको छ । राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले सो औषधि पत्ता लगाएका हुन् ।

आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको छ ।

डाक्टर एटिपार्नविचले चीनकी ७१ वर्षीया कोरोना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर निको पारेको बताएका छन् । उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो । डाक्टरका अनुसार ती महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको थियो । पछि दुवै औषधिको संयोजन गरेर ती महिलाको उपचार गरिएको हो ।

उपचारका लागि आउँदा उनी गम्भीर अवस्थामा थिइन । बिरामीको अवस्था ४८ घण्टामै निकै सुधार आयो र परीक्षण गर्दा उनको शरीरमा कोरोनाको संक्रमण नराकात्मक देखिएको डाक्टरले बताएका छन् ।

अस्पताल स्रोतका अनुसार अहिले बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखिएको छैन् ।

अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्थोनी फोसीले कोरोना भाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको केही समयअगाडि बताएका थिए ।

सिएनएन

Leave A Reply

Your email address will not be published.