वामदेव गौतम नेकपाको उपाध्यक्ष

0

काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टीको आइतवार वसेको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् । यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन ।

गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो । स्थायी समितिले सचिवालयको उक्त प्रस्ताव पास गर्दै केन्द्रीय समितिबाट अनुमोदन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिएको थियो । हाल गौतम नेकपाको संगठन विभाग प्रमुख छन् ।कतिपय केन्द्रीय कमिटी सदस्यहरुले उपाध्यक्ष पद राख्ने हो भने सबै कमिटीमा राखिनुपर्ने माग गरेका थिए । तर तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित भएको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।

केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार बिभागले जनायो । विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको छ । गौतम अहिले सचिवालय सदस्य थिए ।

Leave A Reply

Your email address will not be published.