मन्त्रीपरिषद पुर्नगठन गर्दै ओली : नेपाल, खनाल र गौतमलाई खुसी बनाउने तयारी

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय कार्यसमिति बैठक सकिए लगत्तै मन्त्रीपरिषद पुर्नगठन गर्ने तयारी गरिरहेका छन् । नेकपाको केन्द्रीय कार्यसमिति बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ । ओली निकट स्रोतले मन्त्रीपरिषद पुर्नगठनका लागि आवश्यक गृहकार्यसमेत ओलीले अगाडि बढाइसकेको जानकारी दियो ।

सत्तारुढ दल समाजवादी पार्टी ८ पुसमा सरकारबाट बाहिरिएपछि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय रिक्त छ । राष्ट्रियसभामा प्रदेश २ मा तालमेल गरेको राजपालाई पनि सरकारमा ल्याएर मन्त्रीपरिषद पुर्नगठन गर्ने तयारीमा ओली रहेका उनका एक सल्लाहकारले जानकारी दिए ।

पुर्नगठनमा आफूसँग असन्तुष्ट रहेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्षमा प्रस्तावित बामदेव गौतमका माग सम्बोधन गर्ने प्रयास गरिरहेको बताइएको छ । निकटस्थ स्रोतका अनुसार ओलीले राजपालाई दुई मन्त्रालय र उपसभामुख दिने तयारी गरेका छन् ।

राजापालाई सरकारमा ल्याउन संविधान संशोधनको उधारो सहमती गर्ने तयारीसमेत भएको छ । राष्ट्रियसभा निर्वाचनबाट नेकपाको तर्फबाट विजयी भएका १६ नयाँ अनुहारलाई समेत ध्यानमा राखेर मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने अवस्था आएको हो ।

राष्ट्रिय सभाको रिक्त १८ स्थानमध्ये नेकपाले १६ स्थानमा उम्मेदवारी दिएको र कुनै पनि राष्ट्रियसभा सदस्यलाई नदोहो¥याएको परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसबाट राष्ट्रपतिले मनोनित गरेमा युवराज खतिवडा पनि राष्ट्रिय सभाका लागि नदाहोरिने भएका छन् । यस्तो अवस्थामा अर्थमन्त्री समेत नयाँ नियुक्ति गर्नुपर्ने अवस्था आउने छ ।

यसकारण पनि मन्त्रिपरिषद् पुर्नठनको गृहकार्य भएको हो । प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिमण्डल पुर्नगठन गर्दा नै फागुनमा समिक्षा गरी पुनः कदम चाल्ने संकेत गरेका थिए । यसपटक निवर्तमान उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेलाई पनि अवसर दिने तयारी भएको छ ।

स्रोतका अनुसार अर्थमन्त्रीमा राष्ट्रियसभामा निर्वाचनमा विजयी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्रीमा ल्याउने तयारी भइरहेको छ । त्यस्तै निर्वतमा उपसभामुख तुम्बाहाङ्फेलाई सहरी विकास मन्त्री बनाउने तयारी ओलीको छ । राम्रो प्रफमेन्स नदेखाएका भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल, बन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगरलगायतलाई पनि बिदा गरेर नयाँ अनुहार भित्रयाउने तयारी ओलीको छ । स्रोतले त्यसका लागि नेता नेपाल, खनाल र गौतमसँग नाम मागेको बुझिएको छ ।

पूर्व माओवादीबाट गृहमन्त्री रहेका रामबहादुर थापालाई हटाएर नारायणकाजीलाई भित्रयाउने कि भन्नेमा पनि छलफल भइरहेको छ । नारायणकाजी भित्रिएमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिदा पाउँने छन् । त्यस्तै ओलीको चाहना जनार्दन शर्मालाई गृहमन्त्री बनाउने रहेको पनि स्रोतहरु बताउँछन् ।

कम्युनिष्ट प्रधानमन्त्री भएर महिलालाई प्राथमिकता नदिएको भन्ने चर्को आवाज उठिरहेकाले पम्फा भुसाल, बृन्दा पाण्डेलगायत नेतृहरु मध्यबाट कुनै एकलाई मन्त्री बनाएर महिलावादीहरुको आवाजलाई मथ्थर पार्ने कि भन्ने सोच पनि ओलीले बनाएको उनी निकटस्थहरु बताउँछन् । अभियान टाइम्सका साथमा ।

Leave A Reply

Your email address will not be published.