एमसीसीबारे थप अध्ययन गर्न नेकपाद्वारा कार्यदल गठन

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित उक्त कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् । कार्यदललाई १० दिनको समय दिइएको छ ।

उक्त कार्यदल अनुमोदनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीमा प्रस्ताव गरेका छन् । तर केन्द्रीय कमिटीको बैठक जारी रहेकै बेला बाटो छलेर सचिवालयले कार्यदल बनाउने निर्णय गरेको भन्दै विरोध सुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.