नेताहरूको आक्रोश साम्य पार्न ओलीको भोज रणनीति !

0

काठमाण्डौं – गत बुधबार देखि जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक बसीरहेको छ । बैठकमा यसपटक पार्टी नेतृत्वले अपेक्षा गरेभन्दा धेरै पार्टी र सरकारको आलोचना भएपछि प्रधानमन्त्री एंब पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूको आक्रोश साम्य पार्न भोज रणनीति अख्तियार गरेका छन ।

ओलीनिकट स्रोतका अनुसार नेकपाका केन्द्रीय सदस्यहरूलाई साँझ ६ बजे रात्रिभोज दिने तय भएको छ । साँझ ६ बजे सबै केन्द्रीय सदस्यहरूलाई बालुवाटार आमन्त्रण गरिएको स्रोतको भनाइ छ ।

सरकार बारे पार्टीका केन्द्रीय सदस्यहरूले सरकार बारे नकारात्मक टिप्पणी गर्ने आशंकामा बैठकको उद्घाटन सत्रमै सरकारका कामकारबाही बारे प्रष्टिकरण दिएपनि सरकारको आलोचनामा कुनै कमि नरहेपछि ओलीले नयाँ रणनीति अख्तियार गरेका हुन ।

वाइडबडी देखि यति समूह हुँदै बालुवाटार प्रकरण मात्रै होइन नेताहरूका गलत क्रीयाकलापको शसक्त प्रतिरोध भएपछि नेकपा नेतृत्व रक्षात्मक बनेको छ ।

केन्द्रीय समितिमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ कसरी दिने भन्ने रणनीति बनाउन अहिले नेकपाको सचिवालय बैठक बसीरहेको छ ।

Leave A Reply

Your email address will not be published.