यौन हिंसाको आरोप लागेका एसएसपी शौरभ राणा निलम्बित

0

काठमाण्डौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणा निलम्बित भएका छन ।

गृहमन्त्रालयले आज (शुक्रबार) राणालाई निलम्बन गरेको हो । संघीय प्रहरी इकाई धरानमा कार्यरत एसएसपी राणामाथी यौन हिंसाको आरोप लागेको छ ।

उजुरी परेको लामो समयसम्म कुनै कार्वाही अगाडि नबढाएको भन्दै समाचार सार्वजनिक भएपछि राणालाई निलम्बन गरिएको हो ।

राणा विरुद्ध झापाकी एक महिला प्रहरी कर्मचारीले उजुरी दिएकी थिइन ।

Leave A Reply

Your email address will not be published.