दुई राप्रपाबीच एकीकरण, तीन जना अध्यक्ष

0

काठमाण्डौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा तथा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकीकरण हुने भएको छ।

पार्टी फुटको अढाई वर्षपछि राप्रपा दुई समूहबीच एकीकरण हुने भएपछि राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार केन्द्रीय समिति बैठकमा प्रतिबेदन पेश गरेलगत्तै बैठक स्थगित गरेका छन्। अध्यक्ष राणाले टेलिफोन गरी बैठक स्थगित गर्न भनेपछि थापाले स्थगित गराएका हुन्।

यसअघि अध्यक्षद्धय बीच बिहीबार भएको बैठकमा पार्टी एकीकरण गर्ने सहमति भएको थियो। एकीकरणबारे छिट्टै औपचारिक घोषणा हुने राप्रपाका एक नेताले बताएका छन्।नेताहरुबीच भएको सहमति अनुसार थापा, राणा र लोहनी तीनैजना अध्यक्ष हुनेछन्। केन्द्रीय समितिमा राप्रपाबाट ५५ प्रतिशत र संयुक्तबाट ४५ प्रतिशत रहनेछन्।

चुनाब चिन्ह भने आगामी महाधिवेशनबाट टुंगो लगाउने सहमति भएको छ।२०७३ फागुनमा एकता महाधिवेशन भए पनि गत संसदीय निर्वाचनअघि २०७४ भदौ मा पुनः पार्टी विभाजित भएको थियो। राप्रपामा स्थापनादेखि नै टुट फुटको श्रृंखला चल्दै आएको छ।

Leave A Reply

Your email address will not be published.