नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिए

0

काठमाण्डौं – विश्वव्यापी स्वास्थ संकट निम्त्याएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि वढ्न थालेको छ । यसअघि चीनबाट नेपाल आएका २ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

त्यस्तै आज (शुक्रबार) टिचिङ अस्पताल अन्तरगतको मनमोहन कार्डियोलोजी भाष्कुलर सेन्टमा उपचाररत दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोनाको संक्रमणको लक्षण देखिएपनि त्यो हो वा होइन भनेर एकिन गर्नको लागि भने हङकङ स्थित प्रयोगशालामा संक्रमित बिरामीको स्याम्पल पठाए र रिपोर्टको जाँच पछि मात्रै पुष्टि हुनेछ । किनकि नेपालमा कोरोना भाइरसको परिक्षण गर्नको लागि कुनै अत्याधुनिक ल्याबको व्यवस्था छैन ।

विश्व स्वास्थ संगठनद्वारा ‘विश्वव्यापी स्वास्थ संकटकाल’ घोषणा

यसैबीच विश्व स्वास्थ संगठन (वर्ल्ड हेल्थ अर्गनाइजेसन)ले कोरोना भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ संकटकालको घोषणा गरेको छ । यसको मुख्य कारण चीनबाहिर यसको सभाव्य फैलावट रोक्नु भएको विश्व स्वास्थ संगठनले जनाएको छ ।

नेपाल जस्ता कम विकसित राष्ट्रको लागि कोरोना भाइरस महामारीको रूपमा फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ । अहिलेसम्म ९९ प्रतिशत संक्रमणका घटना चीनभित्रै देखा परेको उल्लेख गर्दै चीनले चीनभित्रै नियन्त्रण गर्ने विश्वास गरेपनि अरु देशले पनि सतर्कता अपाउनुपर्नेमा भने उसले सचेत गराएको छ ।

नेपाल भ्रमण बर्ष २०२० को सुरुवातमै देखा परेको कोरोना भाइरस नेपालको लागि धक्का भएको प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफ्नो सम्बोधनकै क्रममा उल्लेख गरेका थिए भने पार्टीको केन्द्रीय समितिको बैठकमा समेत उक्त कुरा दोहोर्‍याउँदै नेपाल कोरोना भाइरससँग लड्नको लागि पूर्णतया तयार रहेको दावी गरेका थिए । तर सरकारले त्यस्तो दावी गरेपनि हाम्रो तयारी त्यो स्तरको नरहेको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् ।

जैविक हतियार निर्माणको मोहमा चिनले कोरोना भाइरस उत्पादन गरेको आशंका

कोरोना भाइरसको कारण मृत्यु हुने चिनियाँको संख्या २०० नाघेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् भने अहिलेसम्म १० हजार भन्दा बढीमा संक्रमण भै सकेको पुष्टि भएको छ । कोरोना भाइरसको असर चीन, हङकङ, मलेसिया, जापान, नेपाल, थाइल्यान्ड हुँदै अमेरिका सहित १८ वटा देशमा कोरोना भाइरसको संक्रमण देखा परेको जनाइएको छ ।

यसैबीच कोरोना भाइरस चीनियाँ जैविक हतियार निर्माणको क्रममा उत्पादन भएको हुनसक्ने आशंका पनि सार्वजनिक भएको छ । डब्लूएचओका डाइरेक्टर जनरल टेड्रोसलाई उदृत गर्दै यो भाइरसको सोर्स अहिलेसम्म पत्ता नलागेको तथा यो कसरी अहिलेसम्म कुन कुन माध्यमबाट सर्छ भन्ने समेत पुष्टि हुन नसकेको बताइएको छ ।

केहिदिन अघि प्रकाशीत विश्वप्रख्यात अखबार वासिङ्टन टाइम्समा प्रकाशित एक रिपोर्टमा एक भूतपूर्व चिनियाँ सैनिक अधिकारीको हवाला दिदैं चिनको वुहान शहरमा अवस्थित बायोलोजीकल रिसर्च सेन्टरबाट कोरोना भाइरस बाहिरीएको हुनसक्ने आशंकाको समाचार सार्वजनिक भएपछि यसले विश्वमा नयाँ तहल्का सिर्जना गरेको छ ।

वुहान बायोलोजीकल रिसर्च सेन्टर र चिनियाँ सेनाको जैविक हतियार उत्पादनको परिक्षणको क्रममा उक्त भाइरस बाहिरिएको हुनसक्ने आशंका उक्त रिपोर्टमा गरिएको छ । अपवाद नमान्ने हो भने वुहानमै कोरोनाको महामारी फैलिनु र वुहानमै जैविक हतियार उत्पादन रिसर्च सेन्टर हुनु संयोग मात्रै नहुने उक्त रिपोर्टको ठहर भएपनि त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । कोरोना भाइरसलाई लिएर संक्रमणको सुरुवातमा चिनियाँ पक्षले सूचना लुकाएको आरोप लगाउँदै केही विश्लेषकहरुले भने चिनियाँ सूचनामा मात्रै भर पर्न नसकिने उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.