अन्तत: इयूबाट बाहिरियो बेलायत

0

११ महिनाको संक्रमणकालपछि शुक्रबारदेखि बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिएको छ ।

बुधबार ब्रसेल्सस्थित युरोपेली संसदमा भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका हुन् ।

४९ सांसदविरूद्धमा उभिए भने १३ जनाले मत नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतबाट प्रतिनिधित्व गर्ने ७३ जना सांसदले भने युनियन झण्डा प्रदर्शन गरेर इयूसँग बहिगर्मनको हर्षोल्लास गरे ।

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताए ।

Leave A Reply

Your email address will not be published.